माघ २९ । चारदेशीय टी–२० शुंखला अन्तर्गतको खेलमा यूएईले नेपाललाई १९३ रनको चुनौती दिएको छ।
ओमानको मस्टकस्थित अल अमेरत क्रिकेट मैदानमा भईरहेको खेलमा नेपालले टस जितेर ब्याटिङको निम्तो दिएको थियो। यूएईले निर्धारित २० ओभरमा तिन विकेटको नोक्सानीमा १९२ रन जोड्यो। यूएईका लागि चिराग सुरुले सर्वाधिक ८४ को योगदान गरे।
यस्तै, रोहान मुस्थापाले ४९ रन जोडे। वासेम मोहम्मद २२ रनमा पबिलियन फर्कीए भने बसिल हमेद १७ रनमा आउट भएका थिए। नेपालका लागि कप्तान सन्दीप लामिछाने, शाहब आलम र आरिफ सेखले समान एक/एक विकेट लिए।
Facebook Comments


























