काठमाडौं। आईसीसी यू-१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपालले लगातार तेस्रो जित हासिल गरेको छ। हङकङ चाइनाले दिएको ११६ रनको लक्ष्य नेपालले १ विकेट मात्र गुमाइ १२.३ ओभरमा पूरा गरेको हो।
नेपालका लागि प्रारम्भिक ब्याटर साहिल पटेलले अविजित रहँदै सर्वधिक ४२ रन बनाए । ४१ बलको सामना गरेका उनले ८ चौका प्रहार गरे । कप्तान नरेन भट्टले विष्फोटक ब्याटिङ गर्दै २३ बलमा ३९ रन बनाए । उनी पनि आउट भएनन् । अर्का प्रारम्भिक ब्याटर निरज कुमार यादवले सायन पुरीको बलमा एलबीडब्लु धरापमा पर्नुअघि २३ रनको पारी खेले । जसका लागि उनले १२ बलको मात्रै सामना गरेका थिए ।
हङकङले ६ जना बलरलाई बलिङमा उतारे पनि सबै महँगा सावित हुन पुगे ।
यसअघि तल्लो मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङ ४६.२ ओभरमा ११५ रनमा समेटिएको थियो । हङकङका लागि शिव माथुरले सर्वाधिक ६३ रन बनाउनु बाहेक अन्य ब्याटरले सम्झनलायक प्रदर्शन गरेनन् ।
सुरुवाती विकेट १० रनको योगफलमै गुमाएको हङकङका लागि माथुर र आर्या पन्जवानीले डिफेन्सिभ शटहरू खेल्दै अर्धशतकीय साझेदारी गरेका थिए । ६० रन जोड्दा दोस्रो विकेट गुमाएको हङकङले त्यसपछि निरन्तर विकेट गुमाइरहँदा सामान्य योगफलमै चित्त बुझाउनुपरेको हो ।
उसका लागि पन्जवानीले १३ तथा वीर माथुरले १२ रन बनाए । हङकङका ब्याटरका लागि नेपाली स्पिनरहरु हाबी हुन पुगे । पूरै १० ओभरको स्पेल बलिङ गरेका युवराज खत्रीले ४ विकेट लिन मात्र १८ रन खर्चिए । अर्को खेमाबाट विपिनप्रसाद शर्माले उनलाई साथ दिइरहे । उनले ६.२ ओभरमा २४ रन दिएर ३ विकेट लिए । सन्तोष यादवको नाममा २ र अशोक धामीको नाममा १ विकेट रह्यो ।
प्रतियोगिताअन्तर्गत नेपालले हालसम्म खेलेका तीनै खेल जितेर शीर्षस्थानमा छ । अफगानिस्तानले २ जीत निकालेको छ भने बुधबारै यूएईसँग खेलिरहेको छ। ५० ओभरमा ४ विकेटको क्षतिमा उसले ३ सय ५९ रनको विशाल योगफल तयार गरेको छ। अहिले यूएई ब्याटिङ गरिरहेको छ। यूएईको सुरुवात भने राम्रो हुनसकेन । ६ ओभरको खेल सकिँदा उसले १ विकेट गुमाएर १८ रन मात्रै बनाउन सकेको छ।
प्रतियोगिताको विजेता टोली सन् २०२६ मा हुने आईसीसी यू-१९ विश्वकपमा छनोट हुनेछ ।














![:jfutkl5 ;fd"lxs t:jL/df
ag]kf, !^ k'; M
g]kfn ko{6g jif{ @)@)Ú sf] cj;/df lhNnf tyf gu/:tl/o cfof]hs ;ldltn] sfe|]knf~rf]ssf] w'lnv]ndf cfof]hgf ul/Psf] sfo{qmddf ljb]zL kfx'gfnfO{ vfbf nufP/ :jfut u/]kl5 ;fd"lxs t:jL/df ljb]zL kfx'gf . t:jL/ M k]df nfdf÷ /f;;](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/PemaLama_Banepa_RSS_DSC_0466.jpg?resize=150%2C150&ssl=1)











