संखुवासभा, चैत्र १२ । विश्वभर फैलिएको कोरोना भाइरसका संक्रमणका कारण संखुवासभामा निर्माणाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत परियोजनाको काम स्थगित गरेको छ।
कोरोना भाइरस संक्रमण नेपालमा समेत देखा परेपछि सरकारले मंगलबारबाट लक डाउन गरेको हो। कोरोना भाइरसको संक्रमणबाट बच्न मंगलबार देशभर लक डाउन गरेपछि अरुण तेस्रोको काम स्थगित गरेको हो।
भारतिय निर्माण कम्पनी सतजलले जलविद्युत निर्माण मंगलबारबाट सम्पूर्ण काम स्थगित गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइयो) अरुण धिमानले जानकारी दिए।
अरुण तेस्रो परियोजनामा २५ सय भन्दा बढी भारतीय र नेपाली कामदार रहेको छन्। सतलज कम्पनीले निर्माण मकालु गाउँपालिकामा ड्यामसाइड र चिचिला गाउँपालिकामा विद्युत् गृहको काम गरिरहेको छ।
अरुण तेस्रोको काम अहिले ३५ प्रतिशत सम्पन्न गरिसकेको जनाएको छ। ९ सय मेगावाटको अरुण तेस्रो आयोजनाको ड्याम साइड फ्याक्सिदामा भारतीय निर्माण कम्पनी जय प्रकास एशीसियटस र पावर हाउस रहेको दिदिङमा पटेल इन्जीनियरिङ कम्पनीले निर्माण कार्यको जिम्मा पाएका छन्।
पाँच वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको अरुण तेस्रो परियोजना ९ सय मेगावट विद्युत उत्पादन हुने र आयोजना निर्माणका लागि १ खर्ब २० अर्ब खर्च अनुमान गरिएको छ।