काठमाडौं, भदौ ४ । नवनियुक्त रक्षा सचिव बेगेन्द्रराज शर्मा पौड्याल र कायममुकायम प्रधान सेनापति प्रभुराम शर्माबीच भेटवार्ता भएको छ।
नेपाली सेनाको जङ्गी अड्डामा उनीहरुबीच बिहीबार भेटवार्ता भएको हो। भेटवार्तापछि जङ्गी अड्डाका विभिन्न विभाग र महानिर्देशनालयबाट रक्षा सचिव समक्ष काठमाडौं तराई( मधेश द्रुत मार्गको प्रगति विवरण र नेपाली सेनाद्वारा संचालित कल्याणकारी कार्यक्रम लगायत नेपाली सेना सम्बन्धि विविध पक्षमा प्रस्तुतिकरण तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।
अन्तरक्रिया कार्यक्रममा रक्षा मन्त्रालयका सहसचिव तथा नेपाली सेनाका रथीको समेत सहभागिता रहेको थियो।
Facebook Comments


























