काठमाडौँ । गत चैत गते काठमाडौँको तीनकुनेमा भएको घटनाको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई उच्च अदालतले धरौटीमा छाड्न आदेश दिएको छ। उच्च अदालत पाटनले बैंकिङ कसुरको हकमा २५ लाख धरौटी वा बैंक जमानत दिए तारिखमा छाड्न आदेश दिएको अदालतकी सूचना अधिकारी पार्वती हितानले जानकारी दिइन्।
उनका अनुसार न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र मुनेन्द्रप्रसाद अवस्थीको इजलासले उक्त फैसला गरेको हो। जिल्ला अदालत काठमाडौंको हकमा पनि तीन लाख रुपैयाँ धरौटीमा छाड्न आदेश भएको उनले बताइन्।
गत चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका क्रममा भएको आगजनी तथा तोडफोड पछि प्रसाईंलाई आपराधिक उपद्रव, संगठित अपराधमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो।
Facebook Comments


























