चितवन । गोरखाको साविक सिम्जुङ गाविसबाट चितवन झरेका स्थानीयले सिम्जुङ–चितवन सेवा समाज गठन गरेको छ। केही महिनाअघि जयराम दवाडीको संयोजकत्वमा गठन भएको तदर्थ समितिले शनिबार भरतपुरमा बृहत् भेला गराई कार्यसमिति गठन गरेको हो। पूर्व शिक्षक भीमप्रसाद दवाडीको अध्यक्षतामा शनिबार १५ सदस्यीय कार्यसमिति गठन गरेको हो।
समाजको उपाध्यक्षमा छविलाल दवाडी, सचिवमा चेतनाथ दवाडी, कोषाध्यक्षमा टकमाया गुरूङ, सह–सचिवमा प्रेमकुमार गुरूङ र सह–कोषाध्यक्षमा हरिचन्द्र दवाडी चयन भएका छन्। यस्तै कार्यसमिति सदस्यहरूमा उमेशबाबु दवाडी, सन्तोष दवाडी, सुस्मिता भट्ट लामिछाने, तुलमान गुरूङ, माधव लामिछाने, धनबहादुर गुरूङ, कृष्ण दवाडी अनिता दवाडी र विनिता दवाडी चयन भएका छन्।
शनिबारकै भेलाले सल्लाहकार समितिसमेत चयन गरेको छ । जिल्ला कार्यसमितिले तदर्थ समितिका संयोजक जयराम दवाडीको संयोजककत्वमा लक्ष्मीकान्त दवाडी, विष्णुदत्त दवाडी, कृष्णप्रसाद दवाडी र रामकाजी श्रेष्ठ सदस्य रहने गरी सल्लाहकार समितिसमेत चयन गरेको हो।
यस्तै तुलमान गुरूङको संयोजकत्वमा प्रसाद तामाङ सदस्य रहने गरी प्रेस सल्लाहकार समिति गठन गरेको छ। समितिले एक सदस्य पछि मनोनित गर्नेछ। यस्तै डालचन्द्र दवाडीको संयोजकत्वमा भागवत लामिछाने र पूर्णचन्द्र दवाडी सदस्य रहने गरी अनुसाशन समिति गठन गरेको छ। भरतपुर–११ कमलादेवी मन्दिर परिसरमा भएको भेलामा करिब १५० जनाको उपस्थिति थियो।
हाललाई गोरखाको साविक सिम्जुङ गाविसबाट विभिन्न पेसा तथा व्यवसायको लागि स्थायी तथा अस्थायी तरिकाले चितवन आएर बसोबास गर्दै आएकाहरूलाई संगठित बनाउने र भइपरि आउँदा साथ सहयोग दिलाउने उद्देश्यले समाजको गठन गरिएको हो।
साविकको सिम्जुङ गाविस संघीय संरचनाअनुसार अजिरकोट गाउँपालिकाको वडा नं.४ भएको छ। यो वडाभित्र सिम्जुङ, पात्ले, सिरूबारी, महभीर, ताप्ले, सिरानडाँडा, लामे, गोगनपानी, आरनडाँडा, हरेनघडेरी, बाँझे, दक्षिणटोल, डाँडागाउँ, गैरीगाउँ, झ्याँवा, पोखरी, पोखराटार, बालुला, ढोडेनीलगायतका गाउँ पर्छन्।