काठमाडौं । संसद्को बजेट अधिवेशन आह्वान भएको छ। आगामी आर्थिक वर्षको बजेट प्रस्ताव तथा पारित गर्नेगरी संघीय संसद्को दुवै सदनको बैठक आह्वान भएको हो।
राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा आगामी वैशाख १२ गते दिउँसो १ बजेका लागि संसद्का दुवै सदनको बैठक आह्वान गरेका हुन् ।
मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले संसद्को बजेट अधिवेशन बोलाउनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।
Facebook Comments