काठमाडौं, साउन २ । नेकपा माओवादी केन्द्रले आइतबारका लागि संसदीय दलको बैठक बोलाएको छ। आइतबार बिहान ११ बजेका लागि सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने पार्टीका सांसदहरुको बैठक बोलाइएको हो।
कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारमा सहभागी माओवादी केन्द्रले थप मन्त्रीको टुंगो लगाउन तथा समसामयिक राजनीतिक विषयमा केन्द्रित रहेर छलफल गर्ने भएको छ।
सर्वोच्च अदालतको आदेशबाट प्रधानमन्त्री नियुक्त भएका देउवा सरकारमा माओवादीबाट दुई जना मन्त्री भइसकेका छन्। साथै कांग्रेसबाट पनि दुई जना मन्त्री भएका छन्।
भोलि नै कंग्रेसले पनि संसदीय दलको बैठक बोलाएको छ। सरकारलाई पूर्णता दिने विषयमा गठबन्धनमा रहेका कांग्रेस र माओवादी दुवैले संसदीय दलको बैठक बोलाएका हुन्।
Facebook Comments


























