काठमाडौं, जेष्ठ २१ । नेपालमा आजसम्म २ दुई सय ७८ जना कोरोना संक्रमणमुक्त भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गराएको जानकारीअनुसार आजसम्म कुल डिस्चार्ज हुनेको संख्या २७८ पुगेको छ। पछिल्लो २४ घण्टामा १२ जना डिस्चार्ज भएका हुन्।
त्यसरी डिस्चार्ज हुने १२ जनामा ८ जना जनकपुरबाट, टेकु, बलम्बु, शिक्षण अस्पतालबाट ए एक जना र बुटवलबाट ४ जना रहेका छन्। डिस्चार्ज भएका दुई सय ७८ जनामा २२२ जना पुरुष र ५६ जना महिला रहेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन्।
Facebook Comments


























