चितवन, साउन २ । नेपालमा शनिबार थप २ हजार १ सय ६४ संक्रमित निको भएकाछन्। हालसम्म नेपालमा ६ लाख ३० हजार ४०७ संक्रमित निको भएका छन्।
यस्तै, १ हजार ८ सय ७५ जनामा कोरोना पुष्टि भएको छ। देशभर गरिएको ६ हजार ८ सय ५८ पीसीआर परिक्षणका क्रममा १ हजार ३ सय १० र ३ हजार २ सय ८ एन्टीजेन परिक्षणका क्रममा ५६५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। योसंगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख १४ हजार २४८ पुगेको छ।
हालसम्म नेपालमा ३४ लाख ६३ हजार ५७ वटा पिसिआर र २ लाख ५९ हजार ८३१ एन्टीजेन परिक्षण गरिएको मन्त्रालयले जनाएको छ।
त्यस्तै कोरोनाका कारण थप २१ जनाको मृत्यु भएको छ। हालसम्म नेपालमा ९ हजार ५ सय २७ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्।
Facebook Comments


























