काठमाडौँ, ३० बैशाख। नेपाल पत्रकार महासङ्घले मिडिया काउन्सिल विधेयकलाई प्रेसमैत्री बनाउनका लागि पहल गर्न आग्रह गर्दै आज प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासमक्ष ज्ञापनपत्र बुझाएको छ।
सरकारले राष्ट्रियसभामा पेश गरेको मिडिया काउन्सिल विधेयकका केही प्रावधानले प्रेस स्वतन्त्रतामा असहज अवस्था ल्याउन सक्ने सम्भावना औँल्याउँदै महासङ्घले उक्त विधेयकलाई प्रेसमैत्री बनाउन सभामुख र अध्यक्षलाई ज्ञापनपत्र बुझाएको हो। ज्ञापनपत्र बुझाउने कार्यक्रममा महासङ्घका अध्यक्ष गोविन्द आचार्य, महासचिव रमेश विष्टलगायत सहभागी थिए। -रासस
Facebook Comments