काठमाडौं, असार ३१ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषद् बैठक डाकेका छन्। दिउँसो २ बजे सिंहदरबारमा बस्ने बैठकमा संसद् अधिवेशन आव्हानका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने तयारी भएको सरकारका प्रवक्ता एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।
सर्वोच्च अदालतले असार २८ गते प्रतिनिधि सभा पुनर्स्थापना गर्दै ३ साउनभित्र प्रतिनिधि सभाको बैठक बोलाउन आदेश दिएको थियो। यसअतिरिक्त आजको बैठकमा कोरोना महामारी नियन्त्रणलगायतका विषयमा खोप व्यवस्थापनको विषयबारे समेत छलफल हुने कार्कीले बताए।
Facebook Comments


























