काठमाडौं, असार ३१ । नेपालका लागि नवनियुक्त अष्ट्रेलियाली राजदूत फेलोसिटी वोल्कले आज बिहान नेकपा (माओवादी केन्द्र) अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सँग शिष्टाचार भेटवार्ता गरेकी छन्। भेटका क्रममा प्रचण्डले नवनियुक्त राजदूत वोल्कलाई स्वागत गरेका छन्।
प्रचण्डले अष्ट्रेलियासँग नेपालको सम्बन्ध धेरै पुरानो रहेको उल्लेख गर्दै नेपालका लागि पुर्याउँदै आएको सहयोग र सद्भावप्रति अष्ट्रेलिया र त्यहाँका जनतामा कृतज्ञता प्रकट गरेका छन्। सो अवसरमा उनले राजदूत वोल्कको कार्यकालको सफलताको शुभकामना व्यक्त गरे।
Facebook Comments


























