काठमाडौं, असार १४ । नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीको आज ७०औं जन्मजयन्ती उनको सम्झनामा विशेष कार्यक्रम गरिदैछ।मदनजयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेशनले प्रधानमन्त्री निवास बालुवाटारमा विशेष कार्यक्रमको आयोजना गरेको हो। कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने जनाइएको छ।
भण्डारीको जन्म विसं २००९ असार १४ गते ताप्लेजुङको ढुंगेसाँघुमा भएको थियो। नेपालको कम्युनिष्ट आन्दोलनलाई लोकतान्त्रिकरण गराउन भण्डारीले ‘जनताको बहुदलीय जनवाद’ को सिद्धान्त विकास गरेका थिए।
भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० जेठ ३ गते चितवनको दासढुंगामा जीप दुर्घटनामा निधन भएको थियो।
Facebook Comments


























