असार १४ । पेरु कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ। सोमबार बिहान सम्पन्न समूह चरणको अन्तिम खेलमा भेनेजुएलालाई १-० ले पराजित गर्दै पेरु अन्तिम आठमा पुगेको हो।
पेरुको जितमा आन्द्रे कारिल्लोले ४८औँ मिनेटमा निर्णायक गोल गरे। जितसँगै पेरु समूह ‘बी’ को उपविजेता बन्दै क्वाटरफाइनलमा पुगेको हो। पेरुले ४ खेलमा ७ अंक जोड्यो। भेनेजुएला भने समूह चरणबाटै बाहिरिएको छ। एजेन्सी
Facebook Comments


























