काठमाडौं, फागुन १९ । नेकपा प्रचण्ड माधव नेपाल समूहको स्थायी कमिटी बैठक सकिएको छ। पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकमा समयामिक राजनीतिक विषयमा छलफल भएको थियो।
केन्द्रीय कमिटी बैठक बस्नु अघि एजेण्डा तय गर्न बसेको स्थायी कमिटीमा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालले पछिल्लो राजनीतिक अवस्थाका विषयमा बिफ्रिङ गरेका थिए।
स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठकका लागि एजेण्डा तय गर्ने बताइएपनि ठोस रुपमा एजेण्डा तय नगरेको एक स्थायी कमिटी सदस्यले जानकारी दिए।
Facebook Comments


























