पर्सा, फागुन । नेपाल प्रहरीले जुवा खेलिरहेको अवस्थामा ३ जनालाई पक्राउ गरेको छ। बहुदरमाई नगरपालिका-१ बिश्रामपुरस्थित बाँसघारीमा जुवा खेलिरहेको अवस्थामा ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा सोही नगरपालिका-९ बस्ने ४० वर्षीय गुरदेली साह, बारा कलैया उपमहानगरपालिका-२३ बस्ने ५२ वर्षीय जंग बहादुर साह र बारा कलैया उपमहानगरपालिका-१४ बस्ने ४० वर्षीय राजेश मेहता रहेका छन्।
उक्त बाँसघारीमा जुवा खेलाईरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ७६ हजार ४ सय १५ रुपैयाँ र १ बुक तास सहित फेला पारी पक्राउ गरेको हो। साथै प्रहरीलाई देखि भागी हाल फरार भएका अन्दाजी १७ जना व्यक्तिहरूको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ।
Facebook Comments


























