काठमाडौं, फागुन २९ । जनता समाजवादी पार्टी (जसपा) केन्द्रीय समिति बैठक बस्ने भएको छ।
बैठक डिल्लीबजारको एक पार्टी प्यालेसमा बिहान साढे ११ बजे सुरु हुने केन्द्रीय सदस्य राजेश विद्रोहीले बताए। बैठकमाकार्यकारिणी समिति र संघीय परिषद् बैठकले पारित गरेको अजेण्डाका विषयमा छलफल हुने भएको छ।
एमसीसी पारित, स्थानीय निर्वाचन, संगठन परिचालनका विषयमा समेत छलफल हुने उनले बताए। हाल जसपामा ४ सय ९९ जनाभन्दा बढी केन्द्रीय सदस्य छन्। बैठक दुई दिन चल्नेछ।
Facebook Comments


























