काठमाडौं, साउन ६ । प्रधानमन्त्री शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहान भएको भेटवार्तामा ठाकुरले यसअघिको सरकारले गरेको सहमति कार्यान्वयन र जसपाले उठाउँदै आएको मुद्दालाई सम्बोधन गर्न आग्रह गरेको नेता डा।सुरेन्द्र झाले जानकारी दिए।
जसपाको ठाकुर पक्षले रेशम चौधरीलाई रिहाइ गर्नुपर्ने, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने तथा नागरिकताको विषयलाई फेरि सम्बोधन गर्नु पर्ने जनाएको छ। प्रधानमन्त्रीमा देउवालाई विश्वासको मत दिएकाले माग सम्बोधन हुने उसको अपेक्षा छ।
Facebook Comments


























