चितवन, मंसिर ७ । नेकपा कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेमाथि शनिबार राप्तीमा भएको अभद्र व्यवहारको भर्त्सना गर्दै दोषीलाई कारबाहीको माग गरिएको छ। नेकपा रत्ननगर नगर कमिटीले आइतवार विज्ञप्ती जारी गरी राप्ती नगरकमिटीको तेस्राे बैंठकममा मन्तव्य राख्ने क्रममा अराजक युवाहरुको समूहले नाराबाजी घटनाको विरोध तथा भर्त्सना गर्दै घटनामा संलग्नहरुलाई कारबाही गर्न माग गरेको हो।
नगर कमिटी अध्यक्ष कुलप्रसाद लामिछाने र सचिव ओमप्रसाद लामिछानेले निकालेको विज्ञप्तीमा पार्टी गम्भीर संकटको मोडमा रहेको विद्यमान अवस्थामा संकट सामधानको खातिर महत्त्वपूर्ण भूमिका खेल्ने र राष्ट्रिय राजनीतिमा प्रभावकारी हैसियत राख्ने पार्टीका नेता माथिको अभद्र व्यवहारले पार्टी एकताको पक्षमा रहेका नेता तथा कार्यकर्ताहरुलाई निरास बनाएको उल्लेख छ। आफूलाई मदनभण्डारी फाण्डेशनको पक्षधर दावी गर्ने व्यक्तिहरुबाट पार्टीको नेताको अपमान गर्ने, अवरोध सिर्जना गर्ने र पार्टीको बैठक बिथोल्ने जस्ता अमानवीय क्रियाकला हुने दुःखद भएको नगर अध्यक्ष लामिछानेले बताए।
शनिबार राप्ती नगरकमिटीको बैठकमा भाषण गर्ने क्रममा प्रधानमन्त्री केपिशर्मा ओली निकटका युवाहरुले नेता पाण्डेको अभिव्यक्ति विरुद्ध असहमती जनाउँदै नाराबाजी गरेका थिए।


























