काठमाडौं, असार २९ । जनता समाजवादी पार्टीले अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारे अझै निर्णय नभएको बताएको छ। आज प्रेस विज्ञप्तिमार्फत् जसपाले यसबारे छलफल चलिरहेको बताएको हो।
जसपा एमसीसीको विपक्षमा उभिएको भन्दै खबरहरु बाहिर आएपछि अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवद्वारा जारी संयुक्त प्रेस विज्ञप्तिमा एमसीसीका सम्बन्धमा आफ्नो नीति तथा धारणा निर्माणका लागि आन्तरिक गृहकार्य र छलफल जारी नै रहेको उल्लेख छ। विज्ञप्तिमा भनिएको छ, हाल यस सम्बन्धमा पार्टीले निर्णय गरेको छैन। पार्टीका तर्फबाट कुनै आधिकारिक धारणा पनि सार्वजनिक गरिएको छैन।
एमसीसी संसदबाट पारित गराउने विषयमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीभित्र मतभेद छ। काँग्रेस पक्षमा देखिएको छ। जसपाले निर्णय लिएको छैन।

Facebook Comments


























