काठमाडौं, असार २९ । मन्त्रिपरिषदको बैठक आज बस्दैछ। बैठक बेलुका ६ बजेका लागि बोलाइएको एक मन्त्रीले जानकारी दिए।
प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले कोभिड-१९ का कारण विदेशमा अलपत्र परेका नेपालीहरुलाई नेपाल ल्याउनेबारे सर्वोच्च अदालतले दिएको आदेशअनुसार निर्देशिका पारित गर्ने सम्भावना रहेको छ।
त्यस्तै रिक्त विभिन्न संवैधानिक निकायमा रिक्त पदपूर्तिका विषयमा समेत छलफल हुने एक मन्त्रीले जानकारी दिए।
Facebook Comments


























