काठमाडौं, असार २५ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सिन्धुपाल्चोकको बाह्रविसे क्षेत्रमा उद्धारकार्यमा खटिन कांग्रेस कार्यकर्ताहरुलाई निर्देशन दिएका छन्।
साथै सरकारलाई पनि छिटोभन्दा छिटो उद्धार टोली परिचालन गर्न देउवाले भनेका छन्।
देउवाले ट्वीटरमा लेखेका छन्, ‘म सिन्धुपाल्चोकका कांग्रेसका साथिहरुलाई तत्काल उद्धारमा खटिन निर्देशन गर्दछु। सरकारलाई छिटोभन्दा छिटो त्यो क्षेत्रमा उद्धार टोली खटाएर थप मानविय र भौतिक क्षेत्र हुन जोगाउन अनुरोध गर्दछु।’
सिन्धुपाल्चोकमा आएको बाढीले बाह्रबिसे नगरपालिका र भोटेकोशी गाउँपालिकामा ठूलो क्षति पुर्याएको छ। दुई जनाको शव भेटिएको छ भने केही बेपत्ता छन्। नदी किनारका घरहरु बाढीले बगाएको छ। अरनिको राजमार्गमा पर्ने पक्की पुल र बाटो समेत बाढीले बगाएपछि आवत–जावत अवरुद्ध भएको छ।
Facebook Comments


























