काठमाडौँ, फागुन ८ । नेकपा उपाध्यक्ष वामदेव गौमतले आफ्नो चरित्र हत्या गर्ने प्रयत्न भएको जनाएका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो चरित्र हत्या गर्ने प्रयन्त भएको बताएका हुन्।
उनले समाजिक सञ्जाल मार्फत आपत्ति जनाउँदै भनेका छन् ‘मेरो चरित्र हत्या गर्ने दुष्ट प्रयत्न फेरि एकपटक सतहमा आएको छ।’ केही सञ्चार माध्यमले केपी ओली नेतृत्वको वर्तमान सरकारमा गृहमन्त्री बनेर वामदेव जाँदैछन् भन्ने गलत, भ्रामक र दुराशययुक्त समाचार आएको भन्दै उनले आपत्ति जनाएका हुन्।
साथै यस्ता भ्रामक समाचारमा विश्वास नगर्न उनले अनुरोध पनि गरेका छन् । संसद् विघटनपछि नेकपा दुई धारमा विभाजित भएको छ । तर उनी भने तटस्थ छन्।
Facebook Comments


























