काठमाडौं, असार २५ । नेपाल विद्यतु प्राधिकरणले चैत, वैशाख, जेठ, असार महीनाको विद्युत महसुल आगामी साउन ७ गते भित्र तिर्न सकिने व्यवस्था गरेको छ।
सरकारले बन्दाबन्दीलाई पनि साउन ७ गतेसम्म लम्ब्याएको छ। सोही अनुरुप नै प्राधिरकणले यस्तो निर्णय गरेको हो। उक्त निर्णय सबै प्रकारका ग्राहकलाई लागू हुने बताएको छ।
निर्धारित समयमा भित्र महशुल भुक्तानी नगरेमा तोकिएको मात्रामा जरिवाना लाग्ने गर्छ। तर, मुलुकमा जारी लकडाउनलाई दृष्टिगत गर्दै प्राधिरकणले महशुल भुक्तानीलाई सहज बनाउँदै आएको छ।
साथै, विद्युत महशुलमा २५ प्रतिशत छूट पनि दिदैं आएको छ। साथै, प्राधिकरणले लकडाउन खुकुलो भएपछि सिंगल फेजका घरायसी मिटरहरु रिडिङ गर्न शुरु गरेको छ।
Facebook Comments


























