काठमाडौं, जेष्ठ ५ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीम रावलले अमेरिकी सहयोग एमसिसी पछाडिको ढोकाबाट आउन लागेको बताएका छन्।
सोमबार संसदमा जारी नीति तथा कार्यक्रममाथिको छलफलमा उनले यस्तो बताएका हुन्। उनले भने, ‘हाम्रो देशमा निकै विवादास्पद एमसिसी यो अलि पछाडिएको ढोकाबाट आउन खोजेको मलाई अनुभुत भएको छ।’
आइतबार संसदमा प्रतिपक्ष दलका नेता शेरबहादुर देउवाले एमसीसी छिटो पास गर्नुपर्छ भनेकोमा पनि उनले कटाक्ष गरे।
रावलले भने, ‘काँग्रेसका एकजना नेताले यो छिटो पारित गर्नुपर्छ भन्नुभयो। उहाँले महाकाली सन्धीमा पनि त्यस्तै करा गर्नु भएको थियो। महाकाली नदिको १०÷१० वर्षमा पुनरावलोकन हुनुपर्छ भन्ने कुरा भएको थियो तर न पुनरावलोकन भयो न न कार्यान्वयन नै भयो। त्यसैले एमसिसीको कुरा जुन यहाँ गरिएको छ। म आशा गर्छु यो त्यो सम्झौता अनुसारको अंग हुने छैन। यदी त्यो भयो भने राष्ट्रिय हित विपरित हुनेछ। नेपाली जनताले आवाज उठाएको कुराको विपरित हुनेछ। एउटा स्वाधिन देशको हैसियतमा आँच पुर्याउने कुरा कुनै पनि पैसामा साट्न सकिँदैन।’


























