फागुन २० । अष्ट्रेलियाका पूर्व क्रिकेटर रोड मार्सको निधन भएको छ।
हृदयघात भएपछि अस्पताल भर्ना भएका मार्सको ७४ वर्षको उमेरमा निधन भएको हो। पूर्व विकेटकिपर मार्स अष्ट्रेलियाको बुन्डाबर्गमा बुल्स मास्टर्स च्यारिटी ग्रुपको कार्यक्रममा सहभागी हुन गएका थिए।
बुन्डाबर्ग पुगेको केही समयमै उनलाई हृदयघात भएपछि आयोजकले अस्पताल पुर्याएको थियो। मार्सले अष्ट्रेलियाका लागि ९६ टेस्टमा ३ हजार ६ सय ३३ रन तथा ९२ एकदिवसियमा १ हजार २ सय २५ रन जोडेका थिए।
मार्सले वेस्टर्न अष्ट्रेलियाका लागि ९७ फस्ट क्लब क्रिकेट खेलेका थिए।
Facebook Comments


























