काठमाडौं, जेष्ठ २१ । सरकारले भाषण र प्रवचनमा समेत प्रतिलिपि अधिकार लाग्ने प्रस्ताव गरेको छ।
संस्कृत पर्यटन तथा नागरिक उड्यमन्त्री योगेश भट्टराईंले राष्ट्रियसभामा पेश गरकोे प्रतिलिपि अधिकार ऐन २०५९ लाई संशोधन गर्न बनेको विधेयकमा भाषण र प्रवचनमा पनि प्रतिलिपि अधिकार लाग्ने प्रस्ताव गरेको हो।
विधेयकमा अब व्यक्तिले दिएका ‘सम्बोधन र प्रवचन’लाई प्रतिलिपि अधिकारअन्तरगर राखेको हो। विधेयकमा कार्टुन, संगीत संयोजन र शब्द सहित वा शब्द रहित सांगितिक रचनामा पनि प्रतिलिपि अधिकार लाग्ने गरी प्रष्ट पारिएको छ।
साविक ऐनमा यी विषयलाई अप्रत्यक्ष रुपमा सम्बोधन गरिएको भए पनि वर्न महान्धी र प्रतिलिपि अधिकार सम्बन्धी अन्तराष्ट्रिय अभिसन्धीमा नेपालले हस्ताक्षर गरेरकाले प्रष्ट पार्नुपरेको भन्दै कार्टुन, संगीत संयोजन र शब्द सहित वा शब्द रहित सांगितिक रचनामा पनि प्रतिलिपि अधिकार लाग्ने प्रस्ताव गरेको हो।
विधेयकमा प्रचलित कानुन बमोजिम दर्ता भएको पेटेन्टको पेटेन्ट स्पेसिफिकेशन वा डिजाइनमा प्रतिलिपि अधिकार नलाग्ने सूचीमा राख्न प्रस्ताव गरिएको छ। अप्रकाशित रचनाको संरक्षण अवधि रचयिताको जीवनभर र निजको मृत्यु भएकोमा मृत्यु भएको वर्षबाट पचास वर्ष सम्म रहने नयाँ प्रावधान थप गरिएको छ।
दुई जना रचयिता भएको अवस्थामा पछिल्लो रचयिताको मृत्यु भएको पचास वर्ष कायम हुनेछ।
धनीबाट प्रतिलिपि अधिकार प्राप्त गरेको वा पुनरुत्पादन गर्न अनुमति प्राप्त व्यक्तिले प्रतिलिपि अधिकार हस्तान्तरण भएको तीन वर्षसम्म मात्र उपभोग गर्न पाउने भएको छ। विधेययकमा प्रतिलिपि अधिकारको उल्लंघन गरेमा हुने जरिवानामा उल्लेख्य वृद्धि गर्ने प्रस्ताव गरिएको छ।
दश हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म हुँदै आएको जरिवानालाई बीस हजार रुपैयाँदेखि दुई लाखसम्म कामय गर्न प्रस्ताव गरिएको छ। त्यस्तै दोस्रोपटक कसुर गर्नेलाई हुने जरिवानामा पनि चालिस हजार रुपैयाँदेखि पाँचलाख रुपैयाँसम्म पुर्याइएको छ।
६ महिनासम्म कैद हुन सक्ने प्रवाधानलाई भने यथावत राखिएको छ।


























