काठमाडौं, फागुन १२ । सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक जारी छ। नयाँ बानेश्वस्थित शंकर हलमा बैठक सुरु भएको हो।
आजको प्रतिनिधिसभाको बैठकमा अमेरिकी सहयोग परियोजना एमसिसीबारे छलफल गर्ने कार्यसूची छ। सरकारले फागुन ८ गते संसदमा टेबल गरेको एमसिसीमाथि आजबाट प्रतिनिधिसभामा छलफल हुँदैछ। तर, पाँच दलीय सत्ता गठबन्धनमा कुरा मिल्न सकेको छैन।
प्रधानमन्त्री देउवा एमसिसी पास गर्नुपर्ने पक्षमा रहेपछि नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी राष्टिय जनामोर्चा एमसिसीको विपक्षमा उभिएका छन्।
यता, सभामुखको भूमिकालाई लिएर निरन्तर अवरोध गर्दै आएको एमालेको अडान पनि कायमै छ। कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमाले उपस्थित छैन।
Facebook Comments


























