काठमाण्डौं, माघ १५ । आज छिमेकी देश भारतमा देशव्यापी हड्तालको आह्वान गरिएको छ। नागरिकता संशोधन कानुन र राष्ट्रिय नागरिकता रजिस्टरको विरोधमा ‘भारत बन्द’को आह्वान गरिएको हो।
यो बन्दको आह्वान बहुजन क्रान्ती मोर्चाले गरेको हो। मोर्चालाई एनआरसी–सीएएको विरोध गर्ने अन्य संगठनहरुले पनि सहयोग गरेका छन्।
बन्दको कारण भारतीय राज्यले सुरक्षाको कडा इन्तजाम गरेका छन्। भारत बन्दको विहारमा मिश्रित असर परेको छ। कैयौं स्थानमा रेल आवगमनलाई समेत प्रदर्शनकारीले अवरोध पु¥याएका छन्। राष्ट्रिय राजमार्गका पनि विभिन्न हिस्सामा प्रदर्शनकारी भेला भएर बाटो बन्द गराइरहेका छन्।
उत्तर प्रदेशको गोण्डा जिल्लामा बन्दको आंशिक असर देखिन्छ। त्यस क्षेत्रमा प्रहरी गस्ती लगाइरहेको छ। भारत बन्द मुख्यत सीएए, एनआरपी र इलेक्ट्रोनिक भोटिङ मेसिनको विरोधमा आह्वान गरिएको हो।
बिहारको धेरै जिल्लामा विहानदेखि वामदलका कार्यकर्ता सडकमा उत्रिएको देखिएको थियो। ती सडक जाम गरेर नारावाजी गरिरहेका देखिए।
भारत बन्दको दौरान राँचीमा सुरक्षाको व्यापक इन्तजाम गरिएको छ। प्रहरी मुख्यालयले सबै जिल्लालाई अलर्ट गरिदिएको छ र गस्ती बढाउने निर्देशन दिएको छ। यति मात्र होइन, जिल्लाका संवेदनशील क्षेत्रमा विशेष नजर राख्न निर्देशन पनि दिइएको छ।
मुम्बईमा समेत नागरिकता संशोधन कानून र राष्ट्रिय नागरिकता रजिस्टरविरुद्ध प्रदर्शनको दौरान बहुजन क्रान्ती मोर्चाका सदस्यले कन्जुरमार्ग स्टेशनमा रेलवे मार्गर्लाइ बन्द गरेका छन्।
बुहजन क्रान्ती मोर्चाको भारत बन्दलाई देखाएर राज्यको सुरक्षाको व्यापक व्यवस्था गरिएको छ। संवेदनशील क्षेत्रमा विशेष नजर राख्ने निर्देशन दिइएको छ।
मंगलबार भारतीय ट्वीटर प्रयोकर्तामाझ ‘भोली भारत बन्द’ भन्ने विषय ट्रेण्डमा थियो। धेरैले बन्दकर्ताको नाम रहेको पोस्टर पनि शेयर गरिरहेका थिए। एजेन्सी


























