काठमाडौँ, माघ २८ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले एमसीसीको विषयलाई छिट्टो निकास दिनुपर्ने बताएका छन्।
काठमाडौँमा जारी नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठकमा नेता डा. कोइरालाले एमसीसीलाई सम्भव भए राजनीतिक दलहरूबीचको सहमतिबाट नभए सार्वभौम संसद्मा प्रक्रियामार्फत् निकास दिनुपर्ने धारणा राखेका हुन्।
एमसीसीको विषयमा गठबन्धनमा सहमति नजुट्ने र संसदीय प्रकृयामा पनि लान नदिने हो भने गठबन्धन, सरकार, पार्टी र संसदको क्षमतामाथि नै प्रश्नहरू उठने पनि उनको भनाइ छ।
उनले एमसीसीको विषय अब धेरै माथि उठिसकेकाले निकै गम्भीर बन्नुपर्ने पनि बताए। नेपालको विकासका लागि आएको अनुदानलाई विभिन्न रङ्ग दिन खोजिएको भन्दै डा. कोइरालाले असन्तुष्टि पनि जनाएका थिए।
Facebook Comments


























