चितवन, माघ २८ । नेपालमा कोरोना संक्रमण निको हुने दर ९६ प्रतिशत रहेको छ। आज मुलुकका विभिन्न अस्पतालबाट २ हजार २१५ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ।
पछिल्लो २४ घण्टामा १ हजार १२८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १७ हजार ४४७ जनाको पीसीआर परीक्षणमा ६६६ र ३ हजार ५४२ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ४६२ जनामा कोरोना पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा १४ कोरोना संक्रमितको मृत्यु भएको छ।
Facebook Comments


























