काठमाडौं, माघ २८ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा अबदेखि दुईजना सचिवले काम गर्ने भएका छन्। मन्त्रालयमा दुई जनाको सचिवको दरबन्दी रहे पनि अहिले स्वास्थ्य सेवार्फका डा। रोशन पोखरेल मात्र मन्त्रालयमा कार्यरत छन्।
सरकारले जनसंख्या हेर्ने गरी अर्को एक सचिवलाई पनि मन्त्रालयमा पठाउने निर्णय गरेसँगै अब मन्त्रालयमा दुई जना सचिव हुने पक्का भएको हो।मन्त्रिपरिषदको निर्णयअनुसार अब स्वास्थ्य मन्त्रालयमा जनसंख्या हेर्ने गरी सचिवका रुपमा देवकुमारी गुरागाईं काम गर्दैछिन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका अनुसार सार्वजनिक खरिद अनुगमन कार्यालयमा रहेकी गुरागाईंलाई स्वास्थ्य मन्त्रालयमा जनसंख्या सचिवका रुपमा सरुवा गरिएको हो।
यसअघि जनसंख्या सचिवका रुपमा मधुसुदन बुर्लाकोटीलाई पठाउने चर्चा थियो। प्रधानमन्त्री कार्यालयमा रहेका बुर्लाकोटीलाई भने सार्वजनिक खरिद अनुगमन कार्यालयमा पठाइएको छ।


























