काठमाडौँ, पुस १० । प्रथम राष्ट्रिय सम्मेलनको पूर्व सन्ध्यामा नेकपा माओवादी केन्द्रले एकै दिन दुई वटा स्थायी समिति बैठक आव्हान गरेको छ।
आइतबार शुरू हुने राष्ट्रिय सम्मेलन उद्घाटनअघि दिउँसो नै दुई पटक स्थायी कमिटी बैठक बोलाएको हो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार अपरान्ह १ बजे र दिउँसो ४ बजे स्थायी कमिटी बैठक बस्नेछ।
उनका अनुसार स्वनाम साथीको स्मृति सभालाई सम्बोधन गर्न लागेका प्रचण्डले पत्रकारहरूसँग अन्तरक्रिया पनि गर्नेछन्।
Facebook Comments


























