पुस ४ । सिंगल राउण्ड रोबिनको आधारमा जारी यु–१९ महिला साफ च्याम्पियनसिपको अन्तिम खेलमा नेपालले चिरपरिचित भारतको सामना गर्दैछ। जारी साफमा शीर्ष स्थानमा रहेको नेपालले तेस्रो स्थानको भारतको सामना गर्न लागेको हो।
बंगलोदशको राजधानी ढाकामा हुने खेल दिउँसो ३ बजे सुरु हुनेछ। नेपाललाई प्रतियोगितामा लगातार दोस्रो पटक फाइनलमा पुग्ने अवसर छ। नेपालले भारतविरुद्ध बराबरी नतिजा निकाले पनि फाइनल पुग्नेछ। जित हाँसिल गरेमा नेपाल अन्य खेलको भर पर्नुपर्ने छैन्।
आइताबार नै बंगलादेश र भुटान प्रतिस्पर्धा गर्दैछन्। यस खेलबाट अर्को फाइनल पुग्ने टोलीको छिनोफानो हुनेछ। प्रतियोगितामा ३ खेलबाट नेपाल र बंगलोदशको समान ७ अंक रहेको छ। यता, भारतको भने ६ अंक छ।
Facebook Comments


























