मंसिर २९ । घरेलु टोली पाकिस्तानले दोस्रो टी-ट्वान्टीमा वेस्ट इन्डिजलाई हराएको छ।
कराँचीमा मंगलबार राति भएको खेलमा पाकिस्तानले वेस्ट इन्डिजलाई ९ रनले हराएको हो। यस जितसँगै पाकिस्तानले तीन खेलको सिरिज एक खेल अगाबै २-० ले जितेको छ।
पाकिस्तानले दिएको १ सय ७२ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले २० ओभरमा अलआउट हुँदै १ सय ६३ रन मात्र बनाउन सक्यो। वेस्ट इन्डिजका लागि ब्राण्डन किङले ६७ रनको अर्धशतकीय इनिङ्स खेले। रोमारियो शेफर्डले अविजित ३५ रन जोड्दा कप्तान निकोलस पुरनले २६ रन बनाए।
पाकिस्तानका शाहिन शाह अफ्रिदीले ३ विकेट लिए। यस्तै मोहमद नवाज, मोहमद वासिम र हरिस राउफले ३र३ विकेट लिए। यस अघि पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७२ रन बनाएको थियो।
पाकिस्तानका इफ्तिखर अहमेदले ३२ रन जोड्दा हेइदर अलीले ३१ रन बनाए। शादब खान २८ रनमा अविजित रहदा फखर जमान १० रनमा आउट भए।वेस्ट इन्डिजका ओडीएन स्मिथले २ विकेट लिए।


























