काठमाडौँ, मंसिर २९ । नेकपा एमालेले केन्द्रीय कमिटीका मनोनित ४४ सदस्यहरुको शपथ ग्रहण आज गराउने तयारी गरेको छ। आज बिहान ११ बजे तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा शपथ ग्रहणको कार्यक्रम राखिएको हो।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले मनोनीत केन्द्रीय सदस्यहरूलाई शपथ ग्रहण गराउने र त्यसपछि सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए।
Facebook Comments


























