काठमाडौं, मंसिर २७ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज जारी मतदानमा आठ सय ७८ मत खसेको छ।
निर्वाचन समितिका अनुसार दिउँसो तीन बजे सम्म दुई स्थानमा गरी आठ सय ७८ मत खसेको हो। राष्ट्रियसभा गृहमा तीन सय ४३ र भृकुटीमण्डपका दुई ठाउँ (प्रदर्शनी हल र प्राङ्गण) मा पाँच सय ३५ मत खसेको निर्वाचन समितिले जनाएको छ।
कांग्रेसको १३४ पदका लागि ४९१ जना चुनावी मैदानमा छन् भने चार हजार सात सय ४३ जनाले मतदान गर्दैछन्।
Facebook Comments


























