काठमाडौँ, मंसिर २७ । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानमा वरिष्ठ नेता रामचन्द्र पौडेल सहभागी नहुने भएका छन्।
संस्थापनइतर समूहबाट सर्वसम्मत सभापतिको उम्मेदवार बन्ने योजना सफल नभएपछि सबै तहका प्रतिस्पर्धाबाट बाहिरिएका पौडेलले मतदानमा समेत नगर्ने भएका हुन्।
पौडेलले मतदानका लागि नजाने उनका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए। पौडेलले प्रतिनिधिहरूलाई विवेक प्रयोग गरेर लोकतान्त्रिक प्रतिस्पर्धाबाट नेतृत्व चयन गर्न आग्रह गरेका छन्।
यसअघि आफूलाई सहयोग गर्न आग्रह गर्दै आफ्नैनिवास आएका सभापतिका उम्मेदवार शेरबहादुर देउवासँगको भेटमा पनि पौडेलले तटस्थ बस्ने बताएका थिए।
Facebook Comments


























