विराटनगर, मंसिर १८ । नेपाली कांग्रेसको १४ औं अधिवेशनअन्तर्गत नेपाली काङ्ग्रेस प्रदेश १ को मतदान अझै सुरु हुन सकेको छैन।
मतदान आज (शनिबार) बिहान ८ बजेदेखि सुरु गर्ने कार्यसूची भए पनि सदस्यको नाम मतदाता सूचीमा नभेटिएपछि मतदान सुरु हुन नसकेको निर्वाचन समितिले जनाएको छ।
सदस्यको उम्मेदवारी दिएका श्याम खड्की, शान्तिकला तामाङ राई, जीवन नेपालीको नाम मतदाता सूचीमा नभेटेपछि मतदान सुरु नभएको हो। मतदान सुरु गर्न छलफल भइरहेको निर्वाचन समितिले जनाएको छ।
जीवन दलित कोटा, खड्की भूगोल खुला र शान्तिकला महिला खुलाबाट उम्मेदवार थिए। निर्वाचन समितिका अनुसार मतपत्रमा उम्मेदवारको नाम छुटेको र पुनः मतपत्र छाप्नु पर्ने भए अझै केही समय मतदान हुन सक्दैन।
Facebook Comments


























