मंसिर १८ । कलाकार दीपकराज गिरीले राप्रपाकी नेत्री कुन्ती कुमारी शाहीलाई चलचित्र क्षेत्रमा गरिने अभिनय र काम सजिलो हुन्छ भन्ने भ्रममा नपर्न आग्रह गरेका छन्।
आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेख्दै दीपकराज गिरीले कुन्ती कुमारी शाहीलाई यस्तो आग्रह गरेका हुन्।
कुन्तीले अभिनेत्री रेखा थापालाई राजनीति गर्न चलचित्र खेल्नजस्तो सहज नरहेको बताएपछि दिएपछि दीपकले आफ्नो फेसबुकमा भनेका छन् “रेखा थापालाई कुन्ती जीले राजनीति फिल्म खेलेको जस्तो सजिलो छैन भन्नु भएछ। कसले भन्यो तपाईंलाई फिल्म खेल्न सजिलो छ भनेर ? एकचोटी ट्राई गरेर हेर्नु हुन्छ ? क्यामेरा अगाडि तपाईंको पसिना छुट्नेछ,” दीपक भन्छन्, “संसारका सबै काम आआफ्नो ठाउँमा गाह्रो नै हुन्छ। त्यसैले कुनै पेशालाई सजिलो ठान्ने काम नगरौं।”
Facebook Comments

























