काठमाडौं, मंसिर ११ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवम नेकपा माओवादी केन्द्रका नेता पम्फा भुसालले माओवादी पार्टी अझै सुदृढ र क्रान्तिकारी बनेर जाने अभियानमा लागिपरेको बताएकीछन्। दोस्रो गोदावरी नगर सम्मेलन उद्घाटन समारोहमा आज बोल्दै उनले सो धारणा व्यक्त गरेकीहुन्। उनले भनिन्, “हाम्रो पार्टी गरिब तथा दुःखी र सर्वहारा वर्गको हितमा सदैव काम गर्न क्रियाशील छ।” २१औँ शताब्दी अनुरुपको समाजवाद निर्माण गर्न आफूहरु मुलुकभर सम्मेलनमार्फत उत्रिएको उनको भनाइ थियो।
वाग्मती प्रदेश कमिटी सदस्य दीपेन्द्र श्रेष्ठ, प्रदेश समिति सदस्य श्रीगोविन्द महर्जन, जिल्ला कमिटी सचिवालय सदस्य नुक्ष महर्जन र गोदावरी नगरपालिका नगर कमिटी इन्चार्ज रामप्रसाद दाहालले सम्मेलनमार्फत नेतृत्व चयन गरी नयाँ कार्यक्रमका साथ अघि बढ्ने बताए। रासस
Facebook Comments


























