पोखरा, मंसिर ११ । पोखरामा झण्डै २ लाख अमेरिकी डलर रकमसहित एक जना पक्राउ परेका छन्। मुस्ताङ घर भई पोखरा बस्ने ४२ वर्षीय छिरिङ डुन्डु गुरूङलाई एक लाख ९४ हजार २०० अमेरिकी डलरसहित प्रहरीले शुक्रवार दिउँसो पक्राउ गरेको हो।
विदेशी मुद्राको अवैध कारोबार भइरहेको सूचनापछि जिल्ला प्रहरी, इलाका प्रहरी हंसपुर र वडा प्रहरी कार्यालय गगनगौडाको संयुक्त टोली खटिएको थियो। काठमाडौंबाट पोखरातर्फ आउँदै गरेका सवारी जाँच गर्ने क्रममा गुरुङलाई अमेरिकी डलरसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।
Facebook Comments

























