चितवन, मंसिर ११ । नेकपा एमालेका उपमहासचिव घनश्याम भूसालले उपाध्यक्षमा उम्मेदवारीको घोषणा गरेका छन्।
चितवनमा जारी १०औँ महाधिवेशनमा शनिवार उनले उम्मेदवारीको घोषणा गरेका हुन्। उनले आफ्नो सामाजित सञ्जाल फेसबुकमार्फत उम्मेदावरीको घोषणा गरेका छन्।
उनले दलाल पुँजीको अन्त्य र राष्ट्रिय पुँजीको विकास गर्दै समाजवादको तयारी गरौं, सामुहिकता, विधि र विचारसहित नेकपा एमालेको पुनरोदय गरौँ भन्दै उम्मेदवारी दिने घोषणा गरेका छन्।
Facebook Comments


























