चितवन, कार्तिक ६ । नेकपा (एमाले) पूर्वी चितवनको खैरहनी नगरपालिका नगरपालिका वडा नंं १ को अध्यक्षमा गोबिन्दराज डल्लाकोटी चएन भएकाछन्। आज सम्पन्न वडा कमिटीको प्रथम अधिवेशनबाट डल्लाकोटी सर्वसम्मत चयन भएकाहुन्।
वडामा उपाध्यक्ष रामप्रसाद दहाल, सचीव दिपक तिमल्सिना, सह-सचि बुदरमिया महतो र खगिसरा पौडेल सहित सदस्यीय कमिटी गठन गरिएको छ।
नेकपा (एमाले) को १०औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत आज देशभरका ६ हजार ७ सय ४३ वटा वडास्तरका अधिवेशन भैरहेका छन्।
यही कात्तिक ९ गते सबै पालिकास्तरमा अधिवेशन हुनेछ। आगामी मङ्सिर १० देखि १२ गतेसम्म एमालेको १०औँ महाधिवेशन वाग्मती प्रदेशको चितवनमा हुनेछ। विसं २०७७ चैत मसान्तसम्म पार्टी सदस्य भएकालाई महाधिवेशन प्रतिनिधि बन्न योग्य बनाइएको छ।
चितवनमा हुने एमालेको महाधिवेशनमा निर्वाचन प्रयोजनका लागि विद्युतीय भोटिङ मेशिन प्रयोग गरिनेछ।


























