असोज १ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा नेपालले अहिले अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ।
अल अमिरात क्रिकेट मैदानमा अमेरिकाविरुद्ध नेपालले सुरुवातमा ब्याटिङ गरिरहेको छ। अमेरिकाले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको हो।अमेरिकाविरुद्ध नेपालले एक खेलाडी परिवर्तन गरेको छ। बलर बिक्रम शोबको स्थानमा गुलशन झा टिममा राखिएको छ। राष्ट्रिय टिममा गुलशनको यो डेब्यु समेत हो।
आज अमेरिकाविरुद्ध नेपाल जितको खोजीमा रहेको छ। सोमबार भएको खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो। आज नेपाल अमेरिकाविरुद्ध लगातार दोस्रो जित निकाल्ने योजनामा छ। अमेरिका पनि नेपालविरुद्ध बदला लिने योजनामा रहेको छ।
Facebook Comments


























