धरान, जेष्ठ २७ । सुनसरीको धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट कोरोना भाइरस संक्रमण मुक्त भएर २८ जना घर फर्किएका छन्।
प्रतिष्ठानले मंगलबार बिहान चौथोपटक अस्पतालबाट एकैपटक ठूलो संख्यामा संक्रमण मुक्त भएर मानिसहरु डिस्चार्ज भएको जनाएको छ।
उनीहरुको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएका प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जनाएका छन्। प्रवक्ता डा. सापकोटाका अनुसार डिस्चार्ज हुनेमा सबै झापाका १८ वर्षदेखि ५६ वर्ष उमेर समूहका पुरुष रहेका छन्।
प्रतिष्ठानमा हाल ५५ जना कोभिड–१९ का बिरामी छन्। उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको प्रवक्ता सापकोटाले जानकारी दिए।
Facebook Comments


























