चितवन, माघ १७ । प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले भरतपुर सिटी हल र गोन्द्राङ–नारायणगढ ६ लेन सडक विस्तारको शिलान्यास गरेका छन्।
संघीय सरकारको बजेटमा भरतपुर–१० स्थित जिल्ला समन्वय समिति चितवनको कार्यालय पछाडीको ४ बिघा ४ कठ्ठामा अन्तर्राष्ट्रिय स्तरको सिटी हल निर्माण र ६ लेनको सडक विस्तारको काम भइरहेको छ।
शिलान्यास कार्यक्रममा सहभागी हुन गृहमन्त्री रामबहादुर थापा बादल, भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङ, र शहरी विकास मन्त्री प्रभु साह चितवन आएका छन्। शिलान्यासपछि केन्द्रिय बसपार्कमा आयोजित नेकपाको जनसभालाई ओलीले सम्बोधन गर्ने छन्। दुई आयोजनाको शिलान्यास कार्यक्रममा भरतपुर महानगरपालिकाले भने सहभागिता जनाएको छैन।
नेकपाभित्रको आन्तरिक किचलोका कारण प्रचण्ड पुत्री रेणु दाहाल मेयर रहेको भरतपुर महानगरले सहभागिता नजनाएको हो।


























