चितवन, कार्तिक ६ । नेकपा (एमाले) पूर्वी चितवनको खैरहनी नगरपालिका नगरपालिका वडा नंं ४ को अध्यक्षमा जगत बहादुर रानामगर चएन भएकाछन्। आज सम्पन्न वडा कमिटीको प्रथम अधिवेशनबाट रानामगर सर्वसम्मत चयन भएकाहुन्।
वडा उपाध्यक्षमा कपबहादुर राना, सचीव सुरेन्द्र बस्नेत, उपसचिव कृष्ण बहादुर बस्नेत ख र प्रमिता खतिवडा सहित ३१ सदस्यीय कमिटी गठन गरिएको छ।
सचीवमा चयन भएका सुरेन्द्र बस्नेत हालै मात्र नेकपा माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका हुन्। उनी माओवादी वडा कमिटि सचीव तथा जिल्ला सदस्य थिए।
नेकपा (एमाले) को १०औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत आज देशभरका ६ हजार ७ सय ४३ वटा वडास्तरका अधिवेशन भैरहेका छन्।
यही कात्तिक ९ गते सबै पालिकास्तरमा अधिवेशन हुनेछ। आगामी मङ्सिर १० देखि १२ गतेसम्म एमालेको १०औँ महाधिवेशन वाग्मती प्रदेशको चितवनमा हुनेछ। विसं २०७७ चैत मसान्तसम्म पार्टी सदस्य भएकालाई महाधिवेशन प्रतिनिधि बन्न योग्य बनाइएको छ।
चितवनमा हुने एमालेको महाधिवेशनमा निर्वाचन प्रयोजनका लागि विद्युतीय भोटिङ मेशिन प्रयोग गरिनेछ।


























