काठमाडौं, असोज ३१ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कान्छा भाइ सरोज कुमार उपाध्यायलाई पनि पार्टीको केन्द्रीय सदस्य बनाएका छन्। पार्टीमा विधि पद्दति र मापदण्ड बिना केन्द्रीय सदस्य मनोनित गरेको भनेर असन्तुष्टी बढिरहेका बेला अध्यक्ष नेपालका भाइ सरोज वैकल्पिक केन्द्रीय सदस्य बनेका हुन्।
पेशाले इन्जिनियर रहेका उनलाई पछिल्लो कार्य विभाजनमा विज्ञान प्रविधि विभाग प्रमुखको जिम्मेवारी दिइएको छ। उनी केन्द्रीय कमिटीको ३ सय २३ औं नम्बरमा समेटिएका छन्। नेपालका भान्जा नितेश पौडेललाई केन्द्रीय परिषद सदस्य मनोनित गरिएको छ।
स्वर्गीय मंगल प्रसाद उपाध्यायका तीन छोरामध्ये माधव नेपाल जेठा हुन्। माइला भाइ विनोदकुमार उपाध्यायलाई नेपालले आफू प्रधानमन्त्री भएका बेला हङकङको महावाणिज्यदूत बनाएपछि आलोचना समेत भएको थियो।
Facebook Comments


























